सिड्नी :
अस्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ आइतबार भव्य रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा संगीतकार शम्भुजित बाँस्कोटाले एकल प्रस्तुति दिए।
यस सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले सुरु गरेका हुन्। निर्देशक तथा डिजाइनर शोभित बस्नेतका अनुसार सिड्नीमा भव्य कार्यक्रम सञ्चालन गर्न अभाव महसुस भएकाले नयाँ फङ्सन सेन्टर स्थापना गरिएको हो। उनले यहाँबाट प्रत्येक महिना नेपालबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको बताए।
‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’मा दुईवटा हल रहेका छन्। एक हलमा ४०० जना र अर्को हलमा २०० जना सम्म सहभागी हुन सक्ने सुविधा छ।
सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस फिल्मले विदेशमा रहेका नेपालीहरुको पिआरको लागि गरेको संघर्ष र नेपालबाट अभिभावकहरुको आसा र भरोसाको कथालाई फिल्मले बोल्ने छ।
रन्जित शाह आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतीमा निर्माण भएको यो फिल्ममा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल,इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहले यस सिनेमा लगानी गरेका छन्।
मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस फिल्ममा निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ। त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ।
अष्ट्रेलियामा रहेका निर्माता रञ्जित शाह, सन्तोष तिवारी र निर्देशक बस्नेतबीच फिल्मको रिलिज बारे छलफल गरेका छन्। निर्देशक बस्नेतका अनुसार ‘पी आर’ अस्ट्रेलियाभर प्रदर्शन भइरहेको छ र नेपालमा पनि चाँडै रिलिज गर्ने तयारी भइरहेको छ।