सुचना, समाचार र मनोरन्जन

समिक्षाले गाइन् रघुनाथको लगानीमा बन्ने फिल्म ‘कालकट्टी’को गीत

काठमाडौँ :

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘कालकट्टी’मा समावेश हुने गीत रेकर्डिङ्ग गरिएको छ। उक्त गीतलाई पछिल्लो समयकी लोकप्रिय गायिका समीक्षा अधिकारीले गाएकी हुन्।

उनले उक्त फिल्मको गीत राजधानीको डिबिएचडी स्टुडियोमा गीतको रेकर्ड गरेकी हुन्। गीतमा भीम बिस्टको शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन (एरेन्ज) एचबिएन किस्मतले गरेका छन्। रंगपत्रकार रघुनाथ सापकोटाले लगानी गर्ने यो फिल्ममा अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने छ।

फिल्मको छायांकन एक महिना भित्र थाल्ने निर्माण पक्षको तयारी छ। फिल्ममा कलाकार तथा तथा प्राविधिक टोलीको भने निर्माण पक्षले जानकारी दिएका छैनन्। उनीहरुको नाम गोप्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.