काठमाडौं :
नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ। समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको ‘भो यो माया’गीतको भिडियो भएको हो।
गीतमा गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वर सुन्न पाइन्छ,जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ। गीत ‘भो यो माया’ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ। गायक सुवेदीको सुमधुर स्वर र मौलिक संगीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ।
गीतको एरेञ्ज उदय राज पौडेलले गरेका हुन् भने मिक्सिङ र मास्टरिङको काम किशोर थापाले सम्हालेका छन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। नेपाली मौलिक वाद्यबाधनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ। सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीके को विशेष योगदान रहेको छ। कर्ण बहादुर खड्काको छायाँकन,सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी सावित्रीको निर्देशन मा भिडियो लाई तयार गरएको हो।
गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ। भिडियोमा उनीहरूले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन्। सशक्त अभिनय, आकर्षक छायांकन र भावनासँग मेल खाने सम्पादनले भिडियोको स्तर उच्च बनाएको छ।
