सुचना, समाचार र मनोरन्जन
jaar

‘साली हो भाटु हो’भन्दै आए समीर आचार्य र अन्नु चौधरी

काठमाडौं :
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो।

गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ। यसमा नेपाली र थारू भाषाको मिश्रण छ। भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ।

चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो। यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.