सुचना, समाचार र मनोरन्जन

सलोन बस्नेतको ‘रंगी’को २६ दिनमा प्याकअप

काठमाडौं :

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’ छायांकन पुरा भएको छ। छायांकन थालेको २६ दिनमा फिल्मको प्याकअप भएको हो।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन्।

Chaka Panja

उनको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीले अभिनय गरेका छन्। ३० दिनको समय तालिका लिएर छायांकनमा निर्माण टिमले निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप गरे हो। निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

Leave A Reply

Your email address will not be published.