सुचना, समाचार र मनोरन्जन

विक्रम सम्वत्को नयाँ वर्षले नेपालीजनमा समृद्धि र हर्ष ल्याओस्

सम्पादकीय /

ऋतु परिवर्तसँगै आजदेखि विक्रम सम्वत् २०८१ आरम्भ भयो । नयाँ वर्षले नयाँ आशा र हर्ष जगाउनु नै यसको मर्म हो । विदाई गरिएको २०८० साल नेपालका लागि त्यति सुखद रहेन । राजनीति अङ्क गणितमा अल्मलिएको छ, अर्थतन्त्रमा दोहोरो अङ्कको सुधार हुन सकेन । अर्थतन्त्र, राजनीति र सामाजिक जीवनका विविध आयामलाई केलाउँदा निराशाको ग्राफ बढेको देखिन्छ । नेपालको विकास लागि गरिएका प्रयासहरूमा दाँतमा ढुङ्गा लागे जस्तो भयो । नागरिकले चाहेको समृद्धि हाता लाग्न सकेको छैन् । निराशा र पलायन समानान्तर रेखामा लम्बिएका छन् । भ्रष्टाचार न्युनीकरण र सुशासन वहालीमा मुलुक सधैँ फेल भइरहेको छ । देशको समग्र विकासमा धक्का लागेको छ । सरकारी सेवा प्रवाहले सेवाग्राहीलाई थकाएको मात्रै छैन् हल न चल हुने गरी गलाएको छ । राज्यसँग जनताले सुन मागेका छैनन् केवल सुशासन चाहेका छन् । सरकारले सेवा प्रवाह चुस्त दुरुस्त बनाएर नागरिकको मन जित्नै पर्छ ।

विक्रम सम्वत् परापूर्वकालदेखि विक्रमादित्यले चलाएको सम्वत् मानिन्छ । यो हिमवत् खण्ड नेपालको आदि, मौलिक र ऐतिहासिक सम्वत् हो । यसलाई मानव समुदायले मात्रै होइन प्रकृतिले पनि स्वागत गर्छ । ऋतुहरूको राजा बसन्त ऋतुमा पालुवा लागेसँगै रमणीय अवस्थामा विक्रम सम्वत्को नयाँ वर्ष पनि सुरु हुन्छ । प्रकृतिसँग जोडिएकाले विश्वका अन्य सबै सम्वत्का तुलनामा विक्रम सम्वत् वैज्ञानिक र व्यावहारिक मानिएको पुष्टि भएको छ । भक्तपुरको बिस्केट जात्रा, सुदूरपशिचमको बिसेपर्व, तराईको सिरुवा पर्व, शेर्पा समुदायले मनाउने ल्होसार सबै पर्व यसैका आधारमा चलेका छन् । विक्रम भनेको सूर्य हो । तत्कालीन राजा विक्रमादित्यले विक्रम सम्वत् सुरु गरेको इतिहासमा उल्लेख छ । आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान जोगाउँदै आएको नेपालले विदेशी प्रभाव पर्न नदिएको प्रमाण विक्रम सम्वत हो । नेपाल कहिल्यै कसैको उपनिवेश बनेन र यो सम्वत् चलिरह्यो । विक्रम सम्वत् भन्दा ५७ वर्षपछि मात्रै इस्वी सम्वत सुरु भएको हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरको समयदेखि आधिकारिक रूपमा यसको सुरु भएको मानिन्छ ।

आजका दिन विगतका वर्षहरूमा गरिएका विभिन्न कामको समीक्षा गर्दै आगामी दिनमा आफूले गर्नुपर्ने कामका लागि योजना बनाउँदै प्रतिवद्धता र प्रण गरिन्छ । बनाइएका योजना कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कार्यहरू पनि तयार गरिन्छ । नयाँ वर्षमा उमङ्ग, उत्साह र उर्जाका साथ लिइएको प्रण सफल बनाउनका लागि हामीले वर्षभरि कर्ममा सक्रीय र क्रियाशील रहनुपर्छ । पूरानो वर्षमा भए गरेका कार्यबाट अनुभव लिँदै, सिक्दै नयाँ वर्षमा योजना बनाउँदै कार्य गर्ने सङ्कल्प गर्ने दिनका रूपमा नयाँ वर्षलाई आत्मसात गरिन्छ । गरिएका वाचा, सङ्कल्प, प्रतिवद्धता र प्रणलाई कार्यान्वयन गरिएन भने नयाँ वर्ष केवल आउने र जाने साल मात्रै हुन्छ । सालको पात भरे जस्तो भयो भने नयाँ साल हावा बतास हुन्छ । भित्तेपात्रोका पाना त परिवर्तन हुन्छन् तर आफ्ना मन, विचार र भावना परिवर्तन भएनन् भने सुख समृद्धि आकाशको फल आँखातरी मर भने जस्तै हुन्छ ।

विश्वभर इस्वी सम्वत् नयाँ वर्ष मनाउँदा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ विक्रम सम्वत्लाई आधार मानेर नयाँ वर्ष मनाइन्छ । यो हिन्दु पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो र जेठो सम्वत् पनि हो । विक्रम सम्वत्भन्दा १३५ वर्षपछि शक सम्वत र ९३७ वर्षपछि नेपाल सम्वत र ५६ वर्ष ८ महिना १५ दिन पछि इस्वी सम्वत् सुरुभएको हो । विक्रम सम्वतमा ३६५ दिन हुन्छ भने शक सम्वत् र नेपाल सम्वतमा ३५४ दिन मात्रै हुन्छ । यो तिथिमा आधारित छ भने विक्रम सम्वत् गतेमा आधारित भएकाले वैज्ञानिक र व्यवहारिक मानिन्छ । हरेक वर्षको वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । यो विश्व व्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम सम्वत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समेटेको छ । मानदेवको सम्वत् ३८६ लाई चाँगुको अभिलेखले पुष्टि गरेको छ । लिच्छवीकालका अभिलेख सबै विक्रम सम्वत्का मानिएका छन् । दिन र रात सूर्यले नै निर्धारण गर्ने र सूर्यले एक वर्ष अर्थात् ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यको गतिसँग चल्ने भएकाले यसलाई शाश्वत मानिएको छ । नेपालमा चलेको मौलिक सम्वत् भएकाले गौरव र खुशीका साथ नव वर्ष मनाउँदा अपनत्व महसुस हुन्छ । नेपाली नयाँ वर्षले हाम्रो संस्कार, संस्कृति र सभ्यतासँग सामिप्यता राख्दछ, त्यसैले यसको महत्व, घनत्व र गुरुत्व छ ।

नयाँ वर्षका दिन देश तथा विदेशमा रहेका नेपालीहरूका बिच आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइदैँ छ । आजका दिन विगतका वर्षहरूमा गरिएका विभिन्न कामको समीक्षा गर्दै आगामी दिनमा आफूले गर्नुपर्ने कामका लागि योजना बनाउँदै प्रतिवद्धता र प्रण गरिन्छ । बनाइएका योजना कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कार्यहरू पनि तयार गरिन्छ । नयाँ वर्षमा उमङ्ग, उत्साह र उर्जाका साथ लिइएको प्रण सफल बनाउनका लागि हामीले वर्षभरि कर्ममा सक्रीय र क्रियाशील रहनुपर्छ । पूरानो वर्षमा भए गरेका कार्यबाट अनुभव लिँदै, सिक्दै नयाँ वर्षमा योजना बनाउँदै कार्य गर्ने सङ्कल्प गर्ने दिनका रूपमा नयाँ वर्षलाई आत्मसात गरिन्छ । गरिएका वाचा, सङ्कल्प, प्रतिवद्धता र प्रणलाई कार्यान्वयन गरिएन भने नयाँ वर्ष केवल आउने र जाने साल मात्रै हुन्छ । सालको पात भरे जस्तो भयो भने नयाँ साल हावा बतास हुन्छ । भित्तेपात्रोका पाना त परिवर्तन हुन्छन् तर आफ्ना मन, विचार र भावना परिवर्तन भएनन् भने सुख समृद्धि आकाशको फल आँखातरी मर भने जस्तै हुन्छ । सरकारी योजना मात्रै होइन आफ्नो पनि योजना बनाउँ, केही आशा लाग्दा , भरस लाग्दा र रहर लाग्दा काम गरौँ । नयाँ वर्ष केवल एक थान शुभकामना आदानप्रदान गर्ने मेसो र सार्वजनिक छुट्टीको मेलोमा नअल्मलियोस । विक्रम सम्वत्को नयाँ वर्ष २०८१ ले नेपालीजनको समृद्धि र खुशीमा पोतो नदेखियोस् । चहकिलो उज्यालो पोतोस्, समस्यासँग पौँठेजोरी खेलेर, जुधेर, भिडेर अघि बढ्ने अवस्था सिर्जना होस् । सबैलाई नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।

Leave A Reply

Your email address will not be published.