सम्पादकीय /
मुलुकको चालु खर्चलाई आन्तरिक राजस्वले जेनतेन धानेको छ । विकास निर्माणका लागि वैदेशिक ऋण र अनुदानको भरा पर्नु परेको छ । मुलुकको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, उर्जा, सिँचाइ र सडक सञ्जाल अति आवश्यक छ । यस क्षेत्रमा विगतको दशकदेखि केही प्रगति पनि भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई थप प्रभावकारी बनाउन समयमै काम सम्पन्न गर्न बजेटको व्यवस्था, अनुगमन र खबरदारी गदै आएको छ । नागढुङ्गा सिस्नेखोला २.६८८ किलोमिटर सुरुङमार्गको अन्तिम ब्रेक थ्रु भएको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्धेश्यीय परियोजनाको १३.५ किलोमिटर लामो सुरुङमार्गको पनि अन्तिम ब्रेक थ्रु भएको छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रह्यो । परियोजनाबाट विद्युत उत्पादन साथै मधेश र तराई क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुने छ । सुरुङ लक्ष्यभन्दा ३ महिना अगाडि नै काम सम्पन्न हुनुले राष्ट्रिय गौरवका अन्य योजनाका ठेक्का लिएका ठेकेदार कम्पनीलाई थप दबाब पुगेको छ ।
कृषियोग्य ६० प्रतिशत भूमि तराईमा छ । उत्पादनमा कमी हुँदा खाद्यन्य आयातमा हरेक वर्ष अर्बौं रूपियाँ विदेशिएको छ । सुनकोशी मरिण आयोजना कोसेढुङ्गा बन्ने छ । आवश्यक खाद्यन्यमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान, गरिबी न्युनीकरण र समृद्धिका लागि कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि पनि सुरुङ सफलताले टेवा दिने छ ।
नेपाल कृषिमा आधारित देश हो । मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको एकतिहाइ योगदान रहेको छ । जलस्रोतको दोस्रो धनी देश आकाशे पानीमा निर्भर हुनु विडम्बना हो । मधेश र तराई क्षेत्रको उर्वर भूमि सिँचाइको अभावमा छ । कृषियोग्य ६० प्रतिशत भूमि तराईमा छ । उत्पादनमा कमी हुँदा खाद्यन्य आयातमा हरेक वर्ष अर्बौं रूपियाँ विदेशिएको छ । सुनकोशी मरिण आयोजना कोसेढुङ्गा बन्ने छ । आवश्यक खाद्यन्यमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान, गरिबी न्युनीकरण र समृद्धिका लागि कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि पनि सुरुङ सफलताले टेवा दिने छ । सुनकोशी मरिण परियोजनाले नेपालीको मुहारमा खुशी ल्याउने छ । आयोजनाको आसपासबाटै निर्माण भएको मदन भण्डारी राजमार्गले पूर्वी नेपालबाट एकै पटक हेटौँडा निस्की सुरुङमार्ग हुँदै छोटो समयमा राजधानी प्रवेशको ढोका खुल्ने छ । वाह्य र आन्तरिक पर्यटकका लागि सडक सञ्जाल अति आवश्यक छ । आयोजना क्षेत्रको दृश्यावलोकन, अध्ययन भ्रमण र घुमघामका लागि गन्तव्य बन्ने भएकाले पनि यसको बहुआयमिक महत्व बढ्ने छ ।
१ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा हुने, ३१ मेगावाट विद्युत उत्पादन हुने, मधेश तराई क्षेत्रका बासिन्दालाई खानेपानीको प्रबन्ध हुने, रोजगारीमा वृद्धि हुने, चुरे विनाश नियन्त्रणमा पनि सहयोग पुग्ने आदि कारणले पनि यसको महत्व छ । नेपाली अर्थतन्त्रमा पनि यसले ठूलो ब्रेक थु्रको काम गर्ने अनुमान गरिएको छ । सुनकोशी नदीको पानी मरिण खोलाहुँदै मधेशका जिल्लामा सिँचाइ हुँदा खेतीपाती गर्नेलाई जरुर राहत हुने छ । बहुउद्धेश्यीय आयोजना पूरा हुन ४९ अर्बको बजेट छ । तराई मधेसको रूपान्तरणकारी आयोजनाले राष्ट्रिय अर्थतन्त्र र समृद्धिको लागि दैलो खोल्ने पक्का छ । सुरुङमा सफलता पाए जस्तै बाँकी काम पनि २०८४ भित्रै सम्पन्न गर्नका लागि तीव्रता र दृढ इच्छा शक्तिको खाँचो छ । गरे के हुँदैन भन्ने भावनाले नेपालीको सान उचो बनाउँनु पर्छ ।