सुचना, समाचार र मनोरन्जन

नागरिकको निराशालाई सम्बोधन गर

सम्पादकीय /

भन्नैका लागि मात्र नेपाल कृषि प्रधान देश भएको छ । कृषिमा आत्मनिर्भर नहुँदा खाद्यन्य अपुग छ । आयातमा भर पर्नु परेको छ । व्यायार घाटाको ग्राफ बढेको छ । गत आर्थिक वर्षमा १४ खर्ब ५४ अर्बको व्यापार घाटाको घैँटो नेपालले बोक्नु प¥यो । उत्पादन वृद्धिमा सरकारी सोच नै ठिट लाग्दो देखिदा वर्षेनी लाखौँ युवा शक्ति विदेशिनु दूर्भाग्य बनेको छ । बालुवाको देशले माटो आयात गर्दा नेपालले पसिना बगाउने पाखुरी निर्यात गरेको छ । बढ्दो सहरीकरणलले गाउँहरू रित्तैदै गएका छन्, घरबारीमा पाती फुलेको छ । मूल्य वृद्धिले जनजीवन हायलकायल छ । कृषकलाई अपमान गरेर भ्रष्ट शासक र प्रशासक सम्मानित हुँदा किसानको सान गिरेको छ, सधैँ किसान रुनु परेको छ । वेसाहा खानुपर्ने नेपालीको वाध्यता वर्तमानको यथार्थ बनेको छ ।

गत वर्ष नेपालले सूचना र डिजिटल सेवा निर्याय गरेर ५ सय मिलियन डलर आर्जन गर्नु आशाको किरण पनि हो र हामीसँग भर्जिन सम्भावना छ भन्ने कुराको सङ्केत हो । एक्काइसौँ शताब्दी सूचना र प्रविधिको युग हो । बाहुबल र मुढेबलको भरमा होइन बुद्धि र विकेकमा देश चल्नुपर्छ । अन्तर्राष्टिय« श्रम बजारमा तन्नेरी बेचेर आएको रेमिट्यान्सले मुलुक सधैँ चल्दैन् । ज्ञान र सिप बेच्ने कायदा खोज्नुपर्छ । घरेलु इलम र उत्पादनलाई बिर्सदा स्थिति कहाली लाग्दो बनेको हो । यसलाई व्यवस्थित गरेको खण्डमा जरुर फाइदा लिन सकिन्छ भन्ने वैकल्पिक बाटो रोज्न ल्याप्चे बुद्धिजीवीहरू कहिल्यै अग्रसर भएनन् । सधैँ बुद्धिजीवीको धङ्धङ्गीमा वाककला प्रदर्शन गर्दा माखो मरेको छैन् ।

सरकारले युवाहरूलाई पत्याउने संस्कार विकास गरी देश युवाको हो भनेर घोषणा गर्नुपर्छ । युवाको पसिना र समयलाई स्वदेशमै लगानी गर्ने हो भने दातृ निकायको भर पर्नु पर्दैन् । युवाले मुलुकभित्रै रोजगारी पाउने छन् । ब्रेन ड्रेनको चक्र घुमेर स्वदेशमै आउन सक्छ । राष्ट्र र राष्ट्रिता जोगाउन डलरको जोहो गर्नु पर्दैन् न त सान र स्वाभिमानका लागि विदेशीको मुख ताक्नु पर्छ । विज्ञको विवेक र बुद्धिमा भरोसा गर्नुपर्छ । अर्थतन्त्र कागजी बाघले होइन औजारले उकास्छ ।

सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारीकरणका लागि कर्मचारी र नेताभन्दा माथिका जानेबुझेका विज्ञहरूसँग छलफल र परामर्श गरी, लचिलो नीति बनाएर सूचना प्रविधि सेवालाई निर्यात गरेको खण्डमा नेपालले सधैँ भूपरिवेष्टित भएको हिनभावना बोक्नु पर्दैन् । समुद्र नभएर के भो त ? आकाश छ भन्ने मान्यता स्थापित गर्नुपर्छ । सेवा निर्यातको पारदर्शिता कायम राख्नुपर्छ । अनौपचारिक व्यापारलाई औपचारिकतामा रूपान्तरण गर्नुपर्छ । जसले यथेष्ठ राजश्व सङ्कलनमा ठोस योगदान दिनसक्छ । सरकारले युवाहरूलाई पत्याउने संस्कार विकास गरी देश युवाको हो भनेर घोषणा गर्नुपर्छ । युवाको पसिना र समयलाई स्वदेशमै लगानी गर्ने हो भने दातृ निकायको भर पर्नु पर्दैन् । युवाले मुलुकभित्रै रोजगारी पाउने छन् । ब्रेन ड्रेनको चक्र घुमेर स्वदेशमै आउन सक्छ । राष्ट्र र राष्ट्रिता जोगाउन डलरको जोहो गर्नु पर्दैन् न त सान र स्वाभिमानका लागि विदेशीको मुख ताक्नु पर्छ । विज्ञको विवेक र बुद्धिमा भरोसा गर्नुपर्छ । अर्थतन्त्र कागजी बाघले होइन औजारले उकास्छ ।

भीरपाखामा प्रकृतिले निःशुल्क वरदान दिएको जडीबुटीको पनि यथोचित ध्यान पुगेको छैन् । सङ्कलन, प्रशोधन र बाण्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने जमर्को कहिल्यै भएन् । हरेक कुरामा चुकनी र कमिशन खोज्ने कर्मचारी संयन्त्रले आर्थिक विकासको फड्को मार्न बाधा दिएको छ । नीतिनियम नै झन्झटिलो र अप्ठेरो बनाइदिएपछि निर्यातकर्ताको मनोबल यसै खस्किन्छ । तलब खानेले घुस पनि खान खोज्दा राजश्व चुहावट भएको छ । जसको प्रत्यक्ष असर समग्र मुलुकलाई परेको छ । कर्मचारी संयन्त्रको प्रणालीगत सुधार गरी घुस्याहा मनोविज्ञानको अन्त्य हुनुपर्छ ।

पेट्रोलियम पदार्थ, ग्यास र इन्धनमा नेपाली धन बाहिरिएको छ । भएको जलस्रोतको पनि यथेष्ट उपयोग भएको छैन् । व्यापार घाटा कम गरी वैदेशकि मुद्रा आर्जन गर्न विद्युत निर्यात अपरिहार्य छ । यद्यपि ठूला जलविद्युत परियोजनाको चिन्तनमा अल्छी गर्नु सरकारी अकर्मण्यता हो । भीरपाखामा प्रकृतिले निःशुल्क वरदान दिएको जडीबुटीको पनि यथोचित ध्यान पुगेको छैन् । सङ्कलन, प्रशोधन र बाण्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने जमर्को कहिल्यै भएन् । हरेक कुरामा चुकनी र कमिशन खोज्ने कर्मचारी संयन्त्रले आर्थिक विकासको फड्को मार्न बाधा दिएको छ । नीतिनियम नै झन्झटिलो र अप्ठेरो बनाइदिएपछि निर्यातकर्ताको मनोबल यसै खस्किन्छ । तलब खानेले घुस पनि खान खोज्दा राजश्व चुहावट भएको छ । जसको प्रत्यक्ष असर समग्र मुलुकलाई परेको छ । कर्मचारी संयन्त्रको प्रणालीगत सुधार गरी घुस्याहा मनोविज्ञानको अन्त्य हुनुपर्छ । आयतित वस्तुको कम खपत गर्नु र भएको स्रोतसाधनमा विश्वास गर्ने संस्कार विकास भयो भने नै देशको विकास हुन्छ । नागरिक समृद्ध बन्छन् ।

नेतृत्व स्वास्थ्य परीक्षण र इलाजको वहानामा विदेश गए जस्तै बिरामी अर्थतन्त्रको उपचारका लागि देशलाई विदेशमा लान मिल्दैन । आम्दानीमा ह्रास आउँदा क्रयशक्ति निम्सरो बनेको छ । जनजीवन उकुसमुकुस छ । व्यापारी, व्यवसायी र उद्यमीहरू चरम निराशामा छन् नोक्सानको चौपटमा परेका छन् । बजारमा पैसा चलायमान छैन् । राजश्व सङ्कलन र विकास खर्च भने जस्तो भएको छैन् । पुँजीगत खर्च गर्न सरकार सक्षम छैन् । भ्रष्टाचार र कुशासनका कारण पनि अर्थतन्त्र लयमा चलेको छैन् । अक्करमा पुगेको अर्थतन्त्र प्रलयको नजिक छ । विद्रोह र अराजकता निम्तिने सम्भावना छ । राजनीतिक प्रणाली र व्यवस्थामाथि नै धावा बोल्ने खतरा छ ।

अर्थतन्त्र शिथिल भएको कुरा अर्थ मन्त्रालय र राष्ट्र बैंकले नमाने पनि जनमनले महसुस गरिसकेका छन् । नेतृत्व स्वास्थ्य परीक्षण र इलाजको वहानामा विदेश गए जस्तै बिरामी अर्थतन्त्रको उपचारका लागि देशलाई विदेशमा लान मिल्दैन । आम्दानीमा ह्रास आउँदा क्रयशक्ति निम्सरो बनेको छ । जनजीवन उकुसमुकुस छ । व्यापारी, व्यवसायी र उद्यमीहरू चरम निराशामा छन् नोक्सानको चौपटमा परेका छन् । बजारमा पैसा चलायमान छैन् । राजश्व सङ्कलन र विकास खर्च भने जस्तो भएको छैन् । पुँजीगत खर्च गर्न सरकार सक्षम छैन् । भ्रष्टाचार र कुशासनका कारण पनि अर्थतन्त्र लयमा चलेको छैन् । अक्करमा पुगेको अर्थतन्त्र प्रलयको नजिक छ । विद्रोह र अराजकता निम्तिने सम्भावना छ । राजनीतिक प्रणाली र व्यवस्थामाथि नै धावा बोल्ने खतरा छ । ऐन मौकामा आशाका धुनहरू बजाउनुपर्छ, सम्भावनाका सङ्केतहरू देखाउनुपर्छ । साधन स्रोतको परिचालनका लागि औजारहरू तयार गर्नुपर्छ । उत्पादन वृद्धिमा खटेर, विकास निर्माणमा डटेर, सुशासनको प्रत्याभूति दिएर सरकारले नागरिकको निराशालाई अविलम्व सम्बोधन गर्नुपर्छ । नागरिकको मनोबल उचो बनाउनुपर्छ ।

Leave A Reply

Your email address will not be published.