काठमाडौं :
मेहनत,आत्मविश्वास र निरन्तरताका साथ मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी सम्पदा अम्गाईं अब फिल्ममार्फत ठूलो पर्दामा दर्शकमाझ आउने तयारीमा छिन्। उनी आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’बाट फिल्ममार्फत दर्शकमाझ आउन लागेकी हुन्।
उनले यसअघि केहि गीतहरुमा मोडलिङ सकेत गरेकी थिइन्। उनको मोडलिङबाट सुरु भएको सम्पदाको यात्रा म्युजिक भिडियो, सञ्चार तथा विभिन्न सौन्दर्य प्रतियोगितासम्म पुगेको छ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको फिल्म ‘आ बाट आमा २’मा सम्पदाले महत्वपूर्ण तथा प्रभावशाली भूमिका निर्वाह गरेको चर्चा छ।
उनको भुमिका कस्तो छ भन्ने कुरा फिल्म रिलिजपछि नै थाहा होला। यस फिल्ममा उनीसँगै पल शाह, विपना थापा, आकाश श्रेष्ठ, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, प्रदीप रावत, गजित विष्ट, साइग्रेस पोखरेल, नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ। आ बाट आमा २’ आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।