
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मुखबाट कागको आवाज निकालेर रमेश दुलालले भेला पारे सयौँ काग
- तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
- गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज
- महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण
- चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक,नेपाल र भारतियको लगानी
- दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
- अस्ट्रेलिया र जुम्लामा छायांकन हुने ‘हजुरबाले भनेथे’ को औपचारिक घोषणा
- तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
- ‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य
- ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शनको घोषणा
सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण
काठमाडौँ,
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गरेका छन ।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गर्नुभयो । उनले भने, “राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ ।” त्यसैगरी उहाँले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राखेका छन ।
नेपालको संविधानको धारा ९१ (६) (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।