सुचना, समाचार र मनोरन्जन

 प्रतिनिधिसभा बैठकमा  मङ्गलवार प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ/

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्

सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको प्रतिनिधि बोल्ने गरी समय निर्धारण भएको छ,’ बर्तौलाको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.