काठमाडौँ,
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा, समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।