सुचना, समाचार र मनोरन्जन

कलाकार संघले सुरु गर्यो ‘तेस्रो फान अवार्ड’को तयारी

काठमाडौं :

नेपाल चलचित्र कलाकार संघले यो बर्ष ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ। यसका लागि तयार तिव्र रुपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार, यो बर्ष अझै सभ्य र भव्य रुपमा अवार्ड आयोजना गरिनेछ।

Protin

कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन। तर, अब निरन्तर रुपमा ‘फान अवार्ड’ आयोजना हुुने संघले बताएको छ।

कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरुलाई यो बर्ष अवार्ड दिनेछ। दुई बर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्ने तयारी संघको छ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ।

संघले यो बर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली फिल्म, फिल्मीकर्मी,कलाकारहरुको अथक प्रयासलाई उच्च मुल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.