सुचना, समाचार र मनोरन्जन

सानो संसारको ट्रेलरमा देखियो घर झगडा

काठमाडौं :

असोजको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सानो संसार’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा एउटा परिवारमा भएको खुशी, मेलमिलाप र अभावको कथालाई प्रस्तुत गरिएको छ।

Pach Pandav

अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्ममा अन्जसा रिजाल,अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्।

सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी मिलेर लेखेको फिल्मको कथामा रोमी तण्डुकारको सम्पादन, सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी, प्रवीण खड्काको छायांकन छ। फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.