सुचना, समाचार र मनोरन्जन

निफकोे राष्ट्रिय प्रतिस्पर्धामा छानियो ‘सानो संसार’

काठमाडौं :

आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छनिएको छनोट भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै फिल्म महोत्सवमा छनोट भएको जनाएको छ।

यसअघि यो महोत्सवमा माघ २ गते ७० देशको ६०० बढी फिल्मबाट ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो।

उक्त मध्य नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको फिल्म ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो फिल्मलाई महोत्सवबाट हटाईएको हो। उक्त फिल्मलाई हटाएपछि त्यसको सट्टामा अर्को फिल्मलाई समावेश गर्न सकिने हुनाले इच्छुक फिल्मकर्मीहरुलाई आबेदनको आयोजकले गरेको थियो। आयोजकले सामाजिक सञ्जाल मार्पmत आवाह्रानमार्फत यो फिल्म महोत्सवमा सहभागी हुन आएको थियो।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा बारमो जानकारी दिदैँ दर्जनौ प्राप्त फिल्महरु मध्येबाट ‘सानो संसार’ छानिएको बताएका छन्। यो फिल्म गत अशोजमा प्रदर्शनमा आएको थियो।

अर्जुन कुमार निर्माता माधव वाग्ले कार्यकारी निर्माता रहेको यो फिल्मको दोस्रो पटक कात्तिक ९ मा रिलिजमा आएको थियो। सिद्धार्थ पुडासैनीको निर्देशन रहेको ुसानो संसारु मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म हो। यसमा सीतादेवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।

Leave A Reply

Your email address will not be published.