सुचना, समाचार र मनोरन्जन

रे अफ आर्ट्सको नयाँ फिल्म ‘हाम्रो सानो घर’, सुमन गजमेरको निर्देशनमा डेब्यु

काठमाडौं :

रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ फिल्म ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्म मार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्।

Chaka Panja

फिल्म को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन्। ‘‘हाम्रो सानो घर’ पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाइने निर्माण पक्षले जनाएको छ।

रे अफ आर्ट्सले यसअघि निर्माण गरेको फिल्म ‘परिवार’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। फिल्म निर्माणसँगै कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत सक्रियता देखाउँदै आएको छ। प्रेमकथामा आधारित यो फिल्मले मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत प्रस्तुत गर्नेछ। फिल्म का कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।

लेखकका रूपमा ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायतका फिल्ममा काम गरिसकेका गजमेरले ‘हाम्रो सानो घर’मार्फत निर्देशनमा नयाँ यात्रा सुरु गर्न लागेका हुन्। नयाँ पुस्ताको प्रेम र सामाजिक यथार्थलाई फरक शैलीमा प्रस्तुत गर्ने तयारीमा रहेको यस फिल्मप्रति नेपाली चलचित्र क्षेत्रमा अहिले नै चासो बढ्न थालेको छ।

Leave A Reply

Your email address will not be published.