काठमाडौं :
गायक उदय सोताङ् र गायिका ममता हिङ्माङको स्वरमा रहेको गीत तिम्रो मेरो सम्बन्ध सार्वजनिक भएको छ। गीतकार सन्तोष गुरुङको शब्द रचना रहेको गीतमा गायक उदय सोताङ्को संगीत कृष्ण लिम्बुको संगीत संयोजन सुरज प्रधानको रेकर्डिङ दिनेश न्यौपानेको मिक्सिङ् मास्टरिङ रहेको छ।
गीतको भिडियो दाउथ राईले निर्देशन गरेका छन्। कलाकारमा सुरेश कोहिल र गायिका ममता हिङगमाङले अभिनय गरेका छन्। सुमुधुर मेलोडीमा तयार भएको गीतलाई राम चन्द्र राईले छायांकन दिनेश शाहले सम्पादन गरेका छन।
गीतको निर्माताको रुपमा सुस्मा गुरुङ हुन्। उदय मनिला सोताङ् युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक श्रोताहरुले मन पराई दिनेमा गीतकार सन्तोष गुरुङ आशाबादी रहेका छन् ।
