सुचना, समाचार र मनोरन्जन

सर्वोच्चका मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन

काठमाडौँ,
सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा  फछ्र्योट हुन कठिन देखियो ।
सोही कारणले आर्थिक वर्ष २०८२÷०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फछ्र्योट गर्न सकेन ।  न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए ।
Gandarbha
अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको राससलाई जानकारी दिनुभयो ।
Leave A Reply

Your email address will not be published.