सुचना, समाचार र मनोरन्जन
Pdms

‘रातो सारी’ पछि सरिताको नयाँ तीज गीत ‘नाच्न दे…’

काठमाडौँ :
अहिले बजारमा विभिन्न तीज भाकाहरु आईसकेका छन् । त्यसो त यो वर्षको तीज पनि नजिकिँदै छ। यही मेसोमा तीज गीत मौलिक हुनुपर्छ भनेर केही संघ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत नाच्न दे…को भिडियो सार्वजनिक गरेकी छिन् । उनले यो गीतको भिडियो बिहीबार बेलुका सार्वजनिक गरेकी हुन्।

यो गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेर ल्याएकी हुन्। अढाई दर्जन गीत गाईसकेकी सरिताको तीजको लागि यो दोस्रो गीत हो । यस अघि पाँच वर्ष पहिला उनले तीज गीत रातो सारी लरक्कै…आफ्नो स्वरमा बजारमा ल्याएकी थिईन्। यस पटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई संकनल गरेर आफूले तीजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको ल्याएको गायिका सरिताले बताईन्। यो गीतको शब्द पनि सरिताकै हो। यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।

नाच्न दे…गीतमा संगीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको संगीत संयोजन पनि ओमकै हो। यस अघि ओमकै संगीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत छोड सताउन दर्शकमाझ ल्याएका थिए। सो गीत रिलिज भएको आठ महिना पछि ओमको संगीतमा सरिताले नयाँ गीत नाच्न दे…को भिडियो यतिबेला सार्वजनिक गरेकी हुन्।

यो गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन्। गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत,अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ।मच्छेगाउँको आश्रय होमस्टेमा यसको छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन्। भिडियोको सम्पादन पनि पाण्डेकै हो। एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ।

यो गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन तथा कोरियाग्राफी गरेका हुन्। पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले सरितासँग यस अघि पनि दुई वटा गीतमा कोरियोग्राफी गरिसकेका थिए। यी दुईले तेस्रो पटकसँगै काम गरेका हुन्। यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ।

Leave A Reply

Your email address will not be published.