
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
नीताको ‘सुख दु : ख’मा मिथिलापछि मदनकृष्णको इन्ट्री
काठमाडौं :
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो।
फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन्।

उनले भनिन्,‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’
गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।
यसअघि यो फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन्।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।
Next Post