सुचना, समाचार र मनोरन्जन

गायक सरोज ओली चार वर्षपछि नयाँ गीतसहित गायनमा फर्किए

काठमाडौँ :

करिब चार वर्षको अन्तरालपछि गायक सरोज ओली पुनः गायनमा सक्रिय भएका छन्। ‘माछिले खाने खोलिको लेउ’, ‘जता-जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ जस्ता पहिलो पुस्ताकै लोकप्रिय गीत गाउने ओलीले नयाँ गीत ‘तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक गरेका छन्।

गीतमा शब्द सरोज ओलीकै छ भने संगीत दीपक शर्मालेाएका छन्। इसमें भारतीय गायिका भुमी त्रिदेवीले फिमेल भोकलमा साथ दिएकी छन्।

गीतको भिडियो किरण थापाको कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको हो। भिडियोमा गायक ओलीसँगै आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली र प्रेमा लाम्गादे प्रस्तुत छन्।

ठूलो सेटमा डान्सिङ बीटमा छायांकन गरिएको भिडियोले दर्शकको ध्यान खिच्ने संकेत मिलेको छ। भिडियोको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.