काठमाडौं :
रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको फिल्म ‘सतिदेवी’को प्रदर्शन मिति सरेको छ। निर्माण टिमले साउन ४ गतरे प्राविधिक कारण नसकिएकोले फिल्मको प्रदर्शन मिति सारिएको जनाएको छ।
सोमबार निर्माण टिमले एक विज्ञप्ती जारी गर्दै फिल्मको प्रदर्शन मिति आगामी भदौ ७ गतेलाई सारिएको उल्लेख गरिएको छ। दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको सामाजिक फिल्म ‘सतीदेवी’मा मलिका महतले मुख्य भुमिकामा अभिनय गरेकी छन्। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरणको जिम्मा लिएको छ।