
त्यस्तै सर्वोत्कृष्ट लघु चलचित्रको उपाधि प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा साहले प्राप्त गरेका छन । यस्तै सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि चलचित्र‘बिच्छेद’बाट संकल्प भुजेलले प्राप्त गरेका छन भने यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीती चलचित्र ‘भाग्य’ले प्राप्त गरेको छ ।
महोत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नगद पुरस्कार हस्तन्तरण गरिन । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए ।