सुचना, समाचार र मनोरन्जन

‘सतीदेवी’को पोस्टरमा मलिका महत

काठमाडौं :

बिहीबार फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक भयो। फिल्मको पोस्टरमा ‘सतीदेवी’ले सामाजिक–राजनीतिक आन्दोलन भएता पनि त्यसले नारीमाथीको अत्याचार नघटेको देखाउँछ। अझ भनौ सबै व्यवस्था फेरिए पनि महिला माथिको हिंसा नरोकिएको प्रति प्रश्न गर्छ ।

Pach Pandav

सार्वजनिक पोस्टरमा एक महिलालाई जुत्ताको मालासहित मोसो दलिएको छ। र मोसो दलेर स्थानियले लखेटिरहेको देखिन्छ । गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रका रुपमा अभिनेत्री मलिका महतले भुमिका निभाएकी छन्।

फिल्मलाई सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले गरेका छन् भनेफिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । यो फिल्मको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मण सुवेदीकै छन्।

Leave A Reply

Your email address will not be published.