सुचना, समाचार र मनोरन्जन

फारम खुल्यो एसइई डान्स च्याम्पियनसिपको, विजेतालाई छात्रबृत्ति र एक लाख

काठमाडौँ :

एसइई दिएर बसेका छात्र छात्राहरुलाई लिएर एसईई डान्स च्याम्पियनको आयोजना हुने भएको छ। लागि बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनको आयोजनामा छैटौँ संस्करणको ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ को घोषणा गरिएको छ।

शिक्षा र नृत्यलाई जोड्ने योजना अनुरूप यो च्याम्पियनसिप आयोजना गर्न लागिएको प्राज्ञ तथा बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले बताएका छन्।

काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ फारम खुलासँगै डिजिटल अडिसनको लागि आफूले गरेको डान्सको भिडियो समेत पठाउन आह्वान गरिएको छ। विगत पाँच वर्षदेखि यो च्याम्पियनसिप आयोजना हुँदै आएको छ। यस पटकको यो कार्यक्रमलाई आफूहरूले अझ भव्य बनाउने तयारी गरिएको पनि अध्यक्ष गोदारले पत्रकार भेटघाटका क्रममा जानकारी गराए।

हरेक संस्करणमा उत्कृष्ट २० जनाका दरले पाँचौँ संस्करणसम्म यो प्रतियोगिताका १०० जना विद्यार्थीहरूले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति जितेर नेपालका प्रतिष्ठित कलेजमा अध्ययन गर्ने अवसर यो प्रतियोगिताले दिएको पनि अध्यक्ष महेश गोदारले बताए। पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष महेश गोदारले भने,‘एसइई डान्स च्याम्पियनसिपमा यस पटक एसइई दिएर बसेका नेपाल भरका विद्यार्थीहरूले फारम भरेर अडिसन दिन पाउने छन् । हामीले यसरी प्राप्त भिडियोबाट डिजिटल अडिसन मार्फत सुरुमा सेमी फाइनल र त्यसपछि फाइनलका लागि उत्कृष्ट २० प्रतियोगी चयन गर्ने छौँ ।’

फाइनल पुगेका उत्कृष्ट २० जना प्रतियोगीले समेतले कक्षा ११ र कक्षा १२ मा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने पाउने पनि आयोजक पक्षले जानकारी गराएको छ। यसरी बिजेतादेखि उत्कृष्ट २० सम्म पर्ने सबैले प्रति व्यक्ति करिब दुई लाख रुपैयाँसम्मको पूर्ण छात्रवृत्ति पाउने छन् ।
‘विगतमा झैँ यस पटक पनि एसइई डान्स च्याम्पियनसिपका विजेताले एक लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ, ट्रफी र विभिन्न उपहार प्राप्त गर्ने छन् । यसरी च्याम्पियनसिपको प्रथम दोस्रो र तेस्रोले नगदसँगै ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति समेत पाउने छन्,’ अध्यक्ष गोदारले जानकारी गराए । उनका अनुसार यो च्याम्पियनसिपको फारम खुला भइसकेको छ । यो प्रतियोगिताको फाईकन आगामी ७ असारमा राष्ट्रिय नाचघर जमल, काठमाडौँको मेघा हलमा आयोजना हुने छ।

यो प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट प्रत्यक्ष अडिसन लिइने छ भने अन्य प्रदर्शनबाट प्रतियोगीले नृत्य गरेर पठाएको भिडियोको आधारमा डिजिटल प्रि अडिसन र त्यसपछि अडिसन मार्फत सेमी फाइनल चयन गरिने छ । सेमी फाइनलमा पुगेकहरुबाट उत्कृष्ट २० फाइनल प्रतियोगी चयन गरिने छ। मनासलु वल्र्ड कलेजको मुख्य प्रायोजन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यो प्रतियोगिता हुने आयोजक पक्षले जनाएको छ । निर्णायकहरूमा नृत्यज्ञहरू प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र पटेल रहनेछन्। यस्तै यो प्रतियोगिताको ग्रान्ड फिनाले समारोहमा नेपालका विभिन्न कोरियोग्राफरहरुलाई पनि सम्मानित गरिने भएको छ।

Leave A Reply

Your email address will not be published.