पोखरा/
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्।
अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए।
मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए।
“विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए, जसले उनीहरूको राम्रो तयारीको संकेत गर्छ। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले सबै पक्षलाई धन्यवाद दिन्छु”, मन्त्री थापाले भने।
उनले सम्पूर्ण परीक्षार्थीहरूलाई सफल परीक्षाको शुभकामना दिँदै परीक्षाको निष्पक्षता, विश्वसनीयता र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले परीक्षाका क्रममा कुनै अव्यवस्था हुन नदिन सम्बन्धित निकायलाई सचेत रहन निर्देशन पनि दिएका छन् ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल
- द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक
- ‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक
- हुलाकमार्फत घरमै राहदानी पाउन थालेपछि ललितपुरका सेवाग्राही खुसी
- रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने
- रास्वपा महाधिवेशनमा बुधबार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
- काठमाडौँमा तार भूमिगत कार्य अन्तिम चरणमा: पोखरासहित देशभर ‘स्मार्ट ग्रिड’ को लक्ष्य
- २६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
- विश्वकप २०२६: समूह चरणको अन्तिम खेल आज, स्विट्जरल्यान्ड र क्यानडा भिड्दै
- वीरगञ्ज महानगरपालिकाले ल्यायो चार अर्ब ४२ करोड बजेट