सुचना, समाचार र मनोरन्जन

शेयर बजार साढे १३ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काडमाडौँ,

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १३२ वटा कम्पनीको शेयर बढेकोमा ११३ वटाको घटेको छ । यस्तै १७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज रिलाइन्स स्पिनिङ, सोलु हाइड्रोपावर, सालपा विकास बैंक, होटल फरेस्ट इन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआईसी एशिया ग्रोथ फन्ड–टूको शेयर सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १४ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३४० वटा कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.