काठमाडौं :
सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली ‘याद आउछ आउदैन’ गीत बजारमा आएको छ । यो गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट रिलिज भएको हो।
शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय शब्द भने शर्मिलाकै रहेको छ। गीतमा मनिस लामाको संगीत सयोजन,राजेश श्रेष्ठको रेकडिङ्ग र अर्पण थिङको मिक्सिङ छ। गीतको भिडियोमा सह–कोरियोग्राफी अमर रावलको रहेको छ भने मेकअफ सरिता प्रजापतिको छ ।
मनोज कार्कीले सम्पादन गरेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने निर्देशन तथा कथा दिलिप ओखेडाले गरेका छन्। भिडियोमा दिलिप ओखेडा,संचिता बोलाखे,साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।