सुचना, समाचार र मनोरन्जन

झापाकी शर्मिलाले उचालिन् छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

काठमाडौं :

‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छन्। सोमबार काठमाडौंमा आयोजिक प्रतिष्पर्धामार्फत उनले बेष्ट नेलआर्टको उपाधि सहित २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी हुन्।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले, १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले आफ्नो पोल्टामा पार्न सफल भए।

समारोहमा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन गरी तीन अवार्ड हाँसिल गरिन् । यस्तै एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड सहित फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया च्वाइस अवार्ड प्राप्त गरिन् ।

Pach Pandav

मस्ट पञ्चुअल अवार्ड सबिना शाहीले, मस्ट इन्नोसेन्ट व्युटिसियन अवार्ड अनिता कालीकोटेले, मस्ट डिसिप्लेन अवार्ड जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली अवार्ड मैना श्रेष्ठले, बेस्ट एण्ड हेल्दी हेयर अवार्ड उषा कापडले, बेस्ट स्किन अवार्ड हिसिला महर्जनले, स्माइल अवार्ड अस्मिता अधिकारीले, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल अवार्ड सनम खड्गीले, मस्ट कन्फिडेन्ट अवार्ड सबिना महर्जनले, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठले, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेलले, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्रीले, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापाले, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले, बेस्ट क्याटवाक अवार्ड आरती राईले, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले, म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले जित्न सफल भए।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पुजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाईनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट थिए ।

कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सिता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुशुम भण्डारीलाई सम्मानित गरियो । यस्तै हिमालयन ब्रअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाईनरहरु दिलमाया मगर, सुजन देउवा, कुमार श्रेष्ठ, दिलमाया मगर, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।

वरिष्ठ सौन्दर्यकर्मी सोनी कारँजितको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणी कोईराला,लयन्स एल ३२५ डिस्ट्रकका नव गभर्नर सुमन भट्ट, समाजसेवी अमित शर्मा, आयोजक डब्बु क्षत्रीले गरेका थिए । यस्तो प्रतियोगिताले व्युटिसियनहरुकाले व्यक्तित्व विकाश र क्षमता बृद्धिमा ठुलो मद्धत पुग्ने मन्त्री चौधरीले कार्यक्रममा बताईन् । यस्तै सभापति सोनी कारँजितले छैटौं संस्करणसम्म आईपुग्दा यो क्षेत्रमा धेरै व्युटिसियनहरुले उपाधि जितेर यो क्षेत्रको विकाशमा योगदान पु¥याएको बताईन् ।

अग्रज सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको ग्रान्ड फिनाले कार्यक्रम संगीतमय भएको थियो । जसमा अग्रज गायक नमराज ढुङ्गाना, आर्जन पाण्डे, चलचित्र पुजार सार्कीका गायक देबेन्द्र बराल, गायिका मुना ठटाल, गायक नारायण थापा, गायिका सुजाता केसीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाए। यस्तै अभिनेत्री प्रतिक्षा काफ्ले र व्युटिसियन श्वेता श्रेष्ठ मगरको नृत्यले उपस्थित दर्शकलाई मनोरञ्जन गराउन सफल भएको थियो।

Leave A Reply

Your email address will not be published.