सुचना, समाचार र मनोरन्जन

सलमानको ‘सिकन्दर’ले प्रदर्शनमा नआउँदै उठायो ८० प्रतिशत लगानी

काठमाडौं :

बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ। इदको छेको पारेर आगामी आइतबार (३० मार्च)बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरमा एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीको मिश्रण रहेको देख्न सकिन्छ। साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रुपमा प्रस्तुत भएका छन् भने महाराष्ट्र प्रहरीले ‘वान्डेड’ सूचीमा राखेको पनि देख्न सकिन्छ ।

फिल्ममा सलमानका साथमा अभिनेत्री रश्मिका मन्दाना,‘बाहुबली’का ‘कटप्पा’ अर्थात् सत्यराज,प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन र शरमन जोशी लगायतको अभिनय रहेको छ। ‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन गरेको यो फिल्ममा साजिद नाडियाडवालाको लगानी छ। यसअघि साजिदले ‘किक’का निर्देशन गरेका थिए। फिल्ममा प्रितमको संगीत रहेको छ। २ सय करोडमा बनेको फिल्मको ओटीटी, स्याटेलाइट र म्यूजिक राइट्सबाट १६५ करोड उठाइसकेको हो।

Leave A Reply

Your email address will not be published.