सुचना, समाचार र मनोरन्जन

बलिउडमा ‘अपरेशन सिन्दूर’नाम लिनेको घुइँचो,कसले मार्ला बाजी?

काठमाडौं :

जम्मु–काश्मिरको पहलगाममा भएको आक्रमणको बदलामा भारतले गत मंगलबार राति पाकिस्तानमाथी हवाई आक्रमण गरेको थियो। भारतले उक्त आक्रमणलाई ‘अपरेशन सिन्दूर’ भनेको थियो। भारतले त्यो आक्रमणलाई ‘अपरेशन सिन्दुर’ नाम दिएपटि यसैको नाम लिनका लागि बलिउड निर्माताहरुको तछाँडमछाँड देखिएको छ।

भारतिय मिडियाका अनुसार यतिबेला यो शीर्षकमा फिल्म बनाउन बलिउडका दर्जनौ निर्माताहरुबीच हानाथाप चलेको हो। यतिबेला निर्माताहरु यो नाम आफ्नो पक्षमा बनाउन १५ जना निर्माता र स्टुडियोले आवेदन दिएका छन्।फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइ (एफडब्लूआइसिइ)का अध्यक्ष बी.एन. तिवारीले ‘अपरेशन सिन्दूर’ नाम दर्ता गर्नेको भिड लागेको जानकारी दिएका छन्। अझै निर्माताहरु यो नामका लागि दिनेको संख्या बढ्ने बताई रहेका छन्। तर अहिलेसम्म कसैलाई यो नाम दिइएको छैन।

Leave A Reply

Your email address will not be published.