काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएका बलिउडका दुई ठूला फ्रेन्चाइज फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ले एकै दिनमा ८० करोड कलेक्सन गरेका छन्। भारतिय बक्स अफिसमा एकै दिनमा ८० करोडको व्यापार गर्दै सानदार ओपनिङ गरेका हुन्। भारतिय समाचारका अनुसार ‘भूल भुलैया ३’भन्दा ‘सिंघम अगेन’ ७ करोडले बढिको व्यापार गरेको छ।
रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिंघम अगेन’मा अजय देवगन, करीना कपूर, अक्षय कुमार रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपूर लगायतको अभिनय छ । यहि फिल्ममा सलमान खान केमियो भूमिकामा प्रस्तुत गरिएको देख्न सकिन्छ। यता अनीस बज्मीको निर्देशनमा बनेको हरर–कमेडी फिल्म ‘भूल भुलैया ३’मा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित र तृप्ति डिमरी मुख्य भूमिकामा छन्।