काठमाडौं :
बलिउड अभिनेत्री सोनल चौहान को काठमाडौं भ्रमणले सामाजिक सञ्जाल तताएको छ। बुधबार बिहान उनले पशुपतिनाथ मन्दिर मा पुगेर पूजा–अर्चना गरेपछि सार्वजनिक गरेका तस्बिरहरू अहिले व्यापक रूपमा शेयर भइरहेका छन्।
सोनलले दर्शनलगत्तै इन्स्टाग्राममा शिव मन्त्रसहित फोटो पोस्ट गरेकी छन्। धार्मिक भाव झल्किने क्याप्सनसहित सार्वजनिक तस्बिरमा उनी पारम्परिक तथा आध्यात्मिक मूडमा देखिएकी छन्।
जन्नत बाट बलिउडमा डेब्यु गरेकी सोनल छोटो समयमै चर्चामा आएकी अभिनेत्री हुन्। उक्त फिल्ममा इमरान हास्मी सँगको जोडीले उनलाई व्यापक लोकप्रियता दिलाएको थियो।
मोडलिङबाट अभिनयमा आएकी उनले सन् २००५ मा ‘मिस वर्ल्ड टुरिज्म’ जित्दै अन्तर्राष्ट्रिय पहिचान बनाएकी थिइन्। त्यसपछि हिन्दीसँगै दक्षिण भारतीय फिल्म उद्योगमा समेत सक्रिय रहँदै आएकी छन्। हाल काठमाडौंमा उनको उपस्थिति र पशुपति दर्शनपछि सार्वजनिक गतिविधिले नेपाली दर्शक तथा फ्यानबीच चासो बढाएको देखिन्छ।