
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
- कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम
- मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
- जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाइँसराइमा जोड
- जेन्जी आन्दोलनका मुद्दा खारेजी र बन्दी रिहाइको माग गर्दै सभापति गगन थापालाई ज्ञापनपत्र
- तीन दशकदेखि मकै पोल्दैः घरखर्च जुटाउँदै शान्ति
- बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने
- पुलको पहुँचमार्ग बन्यो, १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन
- गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
- एमाले कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलायो फिर्ता
कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम
चितवन,
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताउनुभयो ।
उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भन्नुभयो, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले प्रष्ट पार्नुभयो ।
त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताउनुभयो । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ रु भनेर बृहत् कार्यशाला गरिसकिएको उहाँले जानकारी दिनुभयो । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भन्नुभयो, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”
बिना तयारी कानुन संसोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फाष्टट्रयाक’बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उहाँले अब कानुन निर्माणको चरणमा पुगेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवहाक अध्यक्ष भिम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरेलगायतले आ(आफ्नो धारणा राख्नुभएको थियो ।