सुचना, समाचार र मनोरन्जन
Pdms

सुवास थापाको ‘फ्रेनीया’ टिजर सार्वजनिक : अन्तर्राष्ट्रिय फेस्टिभल लक्षित सर्ट फिल्म

काठमाडौं :
अभिनेता तथा निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टिजर सार्वजनिक गरिएको छ। ‘कोही मेरो’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘सरि ल’, ‘तथास्तु’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरिसकेका सुवास थापाले ‘फ्रेनीया’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूलाई लक्षित गरी निर्माण गरिएको बताएका छन्।

एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितामा निरन्तरता दिइरहेका छन्। उनले अमेरिकामा ‘जिन्दगानी’, ‘तिमी आफ्नो’, ‘कुल्चिहिड्छन् फूललाई’ लगायतका म्युजिक भिडियो, सर्ट फिल्म तथा केही सिरिजहरूमा अभिनय गरिसकेका छन्।

एक चित्रकारको मनोवैज्ञानिक संघर्ष र सृजनाको विषयमा आधारित ‘फ्रेनीया’ जम्मा २० मिनेट लामो सर्ट फिल्म हो। सुवास स्वयंको निर्देशनमा तयार गरिएको यस फिल्मका निर्माता सुवास थापा, सुप्रिम बास्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने र बेजान फरामार्जी रहेका छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता हुन्।

बेजान फरामार्जीले खिचेको फिल्म पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो। सर्ट फिल्ममा सुवास स्वयं मुख्य भूमिकामा छन्। ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवासले अर्को वर्ष नयाँ नेपाली फिचर फिल्म निर्माण गर्ने योजना समेत बनाएका छन्।

Leave A Reply

Your email address will not be published.