सुचना, समाचार र मनोरन्जन

न्युयोर्कमा निर्देशक सुब्बा सम्मानित

काठमाडौं :

अमेरिकामा पहिलो ‘टप शप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ न्यूयोर्ककोे मेलरोज बल रुममा सम्पन्न भएको छ । रिभिल एभेन्टस् इंक, सतिसाल गु्रप एलएलसी, युएसए, तथा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो ‘टप सप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ समारोहमा बिभिन्न बिद्यामा सम्मान प्रदान गरिएको थियो ।

रिभिल एभेन्टस् इंकका अध्यक्ष राजेश हमाल, सतिसाल गु्रप एलएलसी, युएसएका अध्यक्ष लकेश श्रेष्ठ, तथा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङका एकाउन्टेन्ट पशुपति श्रेष्ठ आतिथ्यतामा सम्पन्न समारोहमा कवि, लेखक तथा निर्देशक किशोर सुब्बालाई प्रशंसापत्रबाट सम्मानित गरियो । लामो समय देखि नेपाली तथा लिम्बु भाषाका चलचित्रहरु र म्युजिक भिडियोहरु निर्माण, निर्देशन गरी लिम्बु समुदाय प्रति अतुलनिय योगदान पुराएको भन्दै निर्देशक किशोर सुब्बालाई सम्मान गरिएको हो।

केही दिन पहिले सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाको १० औं राष्ट्रिय महाधिवेशन २०२५ को अवसरमा पनि निर्देशक सुब्बालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.