भोजपुर/
पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले संविधान होइन हाम्रो दिमाग संशोधन गर्नुपर्ने धारणा राखेका छन् । नेकपा माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका कमिटीको दोस्रो अधिवेशनलाई शनिबार संशोधन गर्दै उनले खराब दिमाग बोकेर संविधान कसरी असल हुन्छ भन्दै प्रश्न गरे ।
उनले नेताको उपचार विदेश गर्ने, नेताले छोराछोरी विदेशी महँगो स्कुलमा पढाउने जस्ता व्यवस्था संविधानमा नभएको नभएको उल्लेख गर्दै दिमागै सफा नगरेसम्म राजनीतिक स्थायित्व हुन नसक्ने बताए ।