सुचना, समाचार र मनोरन्जन
Sarangi

चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘सुुगुप’लाई पब्लिक चोइस अवार्ड

काठमाडौं :

राजधानीको सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापन भएको छ। समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित फिल्म ‘सुगुप’ले पब्लिक चोइस अवार्ड, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पाश्र्व संगीत गरि चार ओटा अवार्ड आफ्नो पक्षमा पार्न सफल भएको छ।

पब्लिक च्वाईस अवार्ड सहित नगद रु. ३५ हजार हात पारेको हुन्। त्यसै गरि उत्कृष्ट छायांकनबाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङ राईले जित्न सफल भए। एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार, रितिथिती,गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ ।

चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा लगायतका कलाकारहरुको जीवन्तअभिनय रहेको छ । प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो हुन् भने अन्य लगानीकर्तामा शैलेन्द्र कुमार नाल्बो, दिलमायाँ लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो रहेका छन् ।

Leave A Reply

Your email address will not be published.