काठमाडौं :
विपिन कार्की र सुहाना थापासहितका कलाकारहरूको अभिनयले सजिएको चलचित्र “एक भागवत र एक गीता” अब डिशहोम GO मा दर्शकहरूको पहुँचमा आएको छ।
झरना थापाको निर्देशनमा बनेको यस फिल्ममा विपिन कार्कीले कमला माईको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ र कबीर खड्काले पनि प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्। चलचित्रले तेस्रो लिंगी समुदायको नेतृत्व, संरक्षण र समाजमा व्याप्त भेदभावविरुद्धको संघर्षलाई देखाउँदै समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ।
चलचित्र नेपालभित्र २२५ रुपैयाँ र विदेशमा १.९९ अमेरिकी डलर तिरेर डिशहोम GO मार्फत हेर्न सकिन्छ।
डिशहोम GO एक नेपाली ओटीटी प्लेटफर्म हो, जहाँ दर्शकहरूले नेपाली र अन्तर्राष्ट्रिय चलचित्र, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्म तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रव्यदृश्य सामग्रीहरू हेर्न सक्छन्।