सुचना, समाचार र मनोरन्जन

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ बाबा–आमाका अगाडि खुल्न नसक्ने सन्तानको कथा

काठमाडौं :

अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्। भदौ १९ गतेबाट रिलिज हुने यस फिल्म हेर्न आग्रह गर्दै दर्शकले फरकपन रहेको बताएकी छन्।

यस फिल्ममा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग फिल्ममा रहेको बताइन्। “हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सम्झौता याद हुन्छ। तर,हामी त्यसलाई बाबा–आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ।”

फिल्ममा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई फिल्म मनपर्ने सुहानाको विश्वास छ। दर्शकलाई आफ्नै कथाजस्तो लाग्ने र बाँधेर राख्ने भएकाले ‘बा : एक योद्धा’ हेर्न उनको आग्रह छ। भदौ १९ गते रिलिज हुने ‘बाः एक योद्धा’नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा ः एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।

यो फिल्ममा सुहानाका अलावा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी,सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्। यस निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।

शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। फिल्म आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.