सुचना, समाचार र मनोरन्जन

सुमि र दिनेशको रोमान्समा बन्यो ‘तिम्रो साथ’

काठमाडौं :

पछिल्लो समय नेपाली स्रोतामाझ चर्चामा रहेकी गायिका हुन् अनु चौधरी । अनु चौधरीको स्वरमा सजिएका दर्जनौ गीतहरु रिलिज भइरहेका छन्। यहिबीच उनको आवाजमा ‘तिम्रो साथ’ गीतको भिडियो रिलिज भएको छ। जसमा अनुलाई गायक टेक बिसीले गायनमा साथ दिएका छन्।

Chaka Panja

जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसीले गरेका हुन्। प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनय रहेको छ।

प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको मोडल सुमिले बताइन्। रमित बोहराको छायाँकन, विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन रहेको भिडियोमा अर्जुन भण्डारीको सह–निर्देशन छ।

Leave A Reply

Your email address will not be published.