सुचना, समाचार र मनोरन्जन
Pdms

व्यवसायीको आन्दोलनका कारण सुनको कारोबार ठप्प, मूल्य चार दिनदेखि सार्वजनिक भएन

काठमाडौँ/

सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार रोकिएको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग गर्दै व्यवसायीहरूले आन्दोलन गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घले गएको बिहीवारपछि सुनचाँदीको मूल्य सार्वजनिकसमेत गरेको छैन । नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार नेपाल सुनचाँदी व्यवसायी महासङ्घसँग छ । मूल्य सार्वजनिक नै नभएपछि कारोबार ठप्प रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्त रूपमा आउँदो शुक्रवार अर्थात् २७ गतेसम्मका लागि विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.