सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले दिएन भिसा

काठमाडौं :

कुनै समयकी चर्चित गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । आउदै गरेको तीजको अवसरमा अष्ट्रेलियामा हुन लागेको सांगीतिक कार्यक्रमका लागि उनलाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको हो। गायिका मल्लले सामाजिक सञ्जालमार्फत आफुलाई अष्ट्रेलियाले भिषा नदिएको जानकारी दिएकी हुन्।

sfal

उनका अनुसार पछिल्लो समय भएको कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुनसक्ने गुनासो पोखेकी छन् । उनले आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले आफुलाई भिसा नदिएको उल्लेख गरेकी छन्।

सिन्धुले लेखेकी छन्, ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक–श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’

गैर कानुनी रुपमा कलाकारले उतै लुक्ने गरेका कारण आफुलाई समेत समस्या आएको उल्लेख गरेकी छन्। ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’

Leave A Reply

Your email address will not be published.