काठमाडौं :
दिवंगत कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अपरान्ह ४ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो। उनलाई छोरा अनमोल थापालले दागबत्ती दिए। दागबत्ती दिनुअघि थापाको पार्थिव शरीरमा पर्यटनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे।
थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा विहान साँढे ११ बजे राखिएको थियो। थापालाई श्रद्धाञ्जली दिन नीर शाह,तुलसी घिमिरे, भुवन चन्द, हरिवंश आचार्य, गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, निरुता सिंह, रेखा थापा, दिनेश डिसी, विल्सन विक्रम राई लगायत दर्जनौ श्रष्टाहरु थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
शनिबार बिहान शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बेहोस भएका उनको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। ६८ वर्षको उमेरमा निधन भएका उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।
‘राते काइला’उपनामले परिचित
खलनायकमा उनलाई दर्शकले चिनेका थिए। उनको थेँगो ‘राते काइँला’बाट परिचित रहेका थापाले आफ्नो करिअरमा नेपालीका अवला बलिउडमा समेत काम गरेका छन्। हिन्दी फिल्म ‘साहेब बहादुर’बाट अभिनयमा डेब्यु गरेका उनको नेपाली फिल्म ‘मसाल’,‘चिनो’फिल्म ‘एक्लो’मा देखिएका थिए। उनी यतिबेला फिल्म ‘राम नाम सत्य’मा व्यस्त थिए। शुक्रबार रातिसम्म उनी यसै फिल्मको सुटिङ सेटबाट डेरा फर्किएका थिए। उनी बिहान सोही फिल्मको काममा जाने तरखरमा थिए।

तर उनको त्यो अन्तिम दृश्य खिच्न नपाई बिदा भए। निर्माण पक्षका अनुसार उनको शनिबार नै चितामा जल्नुपर्ने दृश्य थियो। यस फिल्मलाई माइकल चन्दले निर्देशन गरिरहेका छन् भने सुनील थापाका अलवा यस फिल्ममा बिराज भट्टले पनि अभिनय गरिरहेका छन्।
थापाप्रति नेपालीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन्। हिन्दी फिल्म ‘मेरी कोम’मा थापासँग काम गरेकी अभिनेत्री प्रियंका चोपडाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिँदै आफूलाई एकदमै कठिन समयमा सम्हालेकोमा धन्यवाद दिएकी थिइन् । भारतीय अभिनेता मनोज बाजपेयीले पनि थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
चलचित्र विकास बोर्डले आइतबार बिहान ११ बजे उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखेको थियो। साँढे १ बजेसम्म बोर्डमा राखेपछि अत्त्येष्टिका लागि आर्यघाट लगिएको थियो। डेढ सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका कलाकार थापाको शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको थियो । शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको थियो । त्यहीँ उनले अन्तिम सास दिए । उनका श्रीमती र सन्तान भारतबाट आउन ढिला भएपछि आइतबार उनको अन्त्येष्टी गर्न लागिएको हो ।
थापाप्रति नेपालीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । सन् २०१४ मा रिलिज भएको हिन्दी फिल्म ‘मेरी कोम’मा कलाकार थापासँग काम गरेकी अभिनेत्री प्रियंका चोपडाले शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै आफूलाई एकदमै कठिन समयमा सम्हालेकोमा धन्यवाद दिएकी छन् ।
बलिउड फिल्म ‘साहेब बहादुर’बाट अभिनय करिअर सुरु गरेका थापा नेपाली फिल्म ‘चिनो’मा निभाएको ‘राते काइँला’ पात्रबाट दर्शकमाझ परिचित थिए । पछिल्लो पटक पुष १७ गते प्रदर्शन भएको फिल्म ‘एक्लो’मा देखिएका उनका अझै थुप्रै फिल्म रिलिज हुन बाँकी छन् । उनी शुक्रबार बेलुकासम्म एक्सन फिल्म ‘राम नाम सत्य’को छायांकनमा व्यस्त थिए ।
नेपाली फिल्ममा खलनायक (भिलेन)को रूपमा परिचित उनले ‘चिनो’सहित ‘लोभी पापी’, ‘दर्पण छायाँ’, ‘सेतो बाघ’, ‘बलिदान’, ‘नेपाली बाबु’, ‘ठूल्दाई’ जस्ता फिल्ममा निभाएको भूमिका यादगार मानिन्छ । पछिल्लो समय अभिनयसँगै उनले काठमाडौंमा फिल्मसम्बन्धी अध्यापन गराउने संस्था एभरेस्ट फिल्म एकेडेमी सञ्चालन गर्दै आएका थिए।
तस्विर : परिचय