सुचना, समाचार र मनोरन्जन

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गर्दै

काठमाडौं :

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज बेलुका फ्रान्स प्रस्थान गर्दैछिन्। फ्रान्समा आगामी २१ मे सम्म आयोजना हुने फेस्टिभलमा उनी महानगरको प्रतिनिधित्व गर्दै एक्लै जान लागेकी हुन्।

४ दिने भ्रमणका क्रममा डंगोलले फेस्टिभलको अनुभव बटुल्नुका साथै कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको औपचारिक निम्तो समेत दिने कार्यक्रम रहेको छ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको ुकाठमाडौं फिल्म फेस्टिभलु को पूर्वतयारी र अध्ययनका लागि कार्यवाहक प्रमुख डंगोल त्यसतर्फ जान लागेकी हुन्।

महानगरले आफ्नो विशेष महोत्सवअन्तर्गत काठमाडौंका टोल(टोलमा फिल्म फेस्टिभल आयोजना गर्ने तयारी गरिरहेको छ। युनेस्कोले काठमाडौं सहरलाई यसअघि नै क्रिएटिभ सिटी अफ फिल्मु को रूपमा घोषणा गरिसकेको पृष्ठभूमिमा यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । यसअघि महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.