सुचना, समाचार र मनोरन्जन

लगातार उकालो लागिरहेको सुनको भाउ मंगलबार कति पुग्यो?

सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो ।

चाँदीको भाउले पनि आज कीर्तिमान कायम राखेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.