सुचना, समाचार र मनोरन्जन

सुनकोशी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ/

पूर्वाधार विकास समितिले सुनकोशी–मरिन डाइभर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुने गरी सात सदस्यीय उपसमिति गठन भएको हो । समितिको सदस्यमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहेका छन ।

समितिले सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी दुई महिनाभित्र समितिमा प्रतिवेदन पेश गर्ने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

तराई–मधेशको कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको सुनकोशी–मरिन डाइभर्सनको काम सन्तोषजनक रूपमा अघि नबढेकोमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।

सुनकोशीको पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटार मरिण खोलामा खसाल्ने र सिँचाइसहित ३१ मेगावाट बिजुली उत्पादन गरिने आयोजना २०८४ सालको असोजसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि काम उल्लेख रूपमा अघि बढ्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.