सुचना, समाचार र मनोरन्जन

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु !जय माटो !’

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

मेयर निर्वाचित भएपछि गठन भएको उनको यो पार्टीबाटै उनी अब संसदीय राजनीतिमा होमिन लागेका हुन्।

Leave A Reply

Your email address will not be published.