
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
- नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा
- प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ: विभिन्न निकायमा ६११ जनाको नियुक्ति
- मन्त्रिपरिषद निर्णयः विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, तोकियो गहुँको समर्थन मूल्य
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न
- युवा व्यवसायी शोभित बस्यालको नयाँ यूट्यूब च्यानल ‘P Series’ बाट बीस वर्षपछि चलचित्र ‘मार्केट’ सार्वजनिक
- दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्
- प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
- चितवन राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु
कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते
कास्की,
कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन् ।

घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवै जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी सार्दिखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको थियो । घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी छ ।