Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन
- अनुभव र नेतृत्व क्षमताको जगमा: उपमहासचिव पदमा प्रदिप राजभण्डारीको सशक्त दाबेदारी
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
- कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते
- थोक व्यवसायी संघका उत्कृष्ट कार्यसम्पादक सुवेदी पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दौडमा
- ‘अनुभवलाई परिणाममा बदल्न’: पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बलराम आचार्य मैदानमा
- पोखरा उद्योग वाणिज्य संघ महाधिवेशन: कार्यसमिति सदस्यमा कमल बहादुर सुनारको उम्मेदवारी
- महासभामा हिमालको चित्कार: दया होइन, न्यायको खोजी
- पोखरा वल्र्ड स्कुलद्वारा भोटेकोशी बाढीपहिरो पीडितलाई सहयोग
- २६ वर्षे ब्यवसायीक यात्रा, अध्यक्ष बन्ने दौडमा शोभा
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
काठमाडौँ,
रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।